देश/प्रदेश

प्रचण्डलाई छेपारोको संज्ञा दिँदै ओलीले भने– रंग फेर्नु नौलो होइन

Banner

काठमाडौं१४ असार
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संज्ञा दिएका छन् ।

मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई छेपारोको संज्ञा दिएका हुन् ।

प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको भन्दै उनले भने, किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त !’ छेपारोले झैं रंग फेर्नु प्रचण्डका लागि नौलो नभएको ओलीले बताए ।

‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्ताक्षेप गर्दैन भन्छ । कहिले गणतन्त्र ल्याउने मैं हुँ भन्छ, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छ । कहिले राष्ट्रपतिभन्दा राजा नै ठीक भन्छ,’ उनले अघि भने, ‘यो कुन ठूलो कुरा हो र प्रचण्डका लागि ।’

उनले भने, ‘खैरोखौरो मुढामा गयो भने खैरो रंग बनाउने छ । हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>