देश/प्रदेश
नेपाली कांग्रेसले प्रचण्डपथ अंगालेको प्रधानमन्त्री ओलीको आरोप
काठमाडौं १४ असार
नेपाली कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
ओलीले भने, ‘नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’
उनले अगाडि भने, ‘अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दारहेछन् र पो त काटिंदा रहेछन् अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने । नेपाली कांग्रेसका कार्यकर्ताहरुले नाथुराम गोड्से मैं बन्छु अर्को ठाउँमा भने ।’
यो अभिव्यक्ति हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति भएको ओलीको भनाइ छ । हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति दिंदा पनि न्यायाधीशहरुले रोक्न नसकेको उनले बताए ।























