राजनीति
आज मदन भण्डारीको ७० औं जन्मजयन्ती मनाइँदै
०

चितवन,असार १४-
तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७०औं जन्मजयन्ती आज मनाइँदैछ। मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।
भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























