राजनीति

प्रचण्डले आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न थालेः मुख्यमन्त्री पोखरेल

Banner

चितवन,असार ११-

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पूर्व राजालाई गुहार्ने काम पूरा भएको आरोप लगाएका छन्। बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले अहिलेको राष्ट्रपति संस्थाभन्दा त उतिबेलाका राजा नै ठीक भन्ने मनसायको अभिव्यक्ति दिएपछि शुक्रबार सामाजिक सञ्जालमार्फत पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र भन्दै प्रश्न गरेका छन्। ‘राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ ।’ प्रचण्डको नाम नलिई संकेत गर्दै एमाले नेता पोखरेलले लेखेका छन्, ‘राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’

प्रचण्डले राष्ट्रपतिको आलोचना गर्ने नाममा राजसंस्था र राजाको प्रशंसा गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>