राजनीति

केपी ओली भन्दा काँग्रेस वामपन्थीः प्रचण्ड

Banner

काठमाडौं,असार १०-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले काँग्रेस वामपन्थी भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर आन्दोलन गर्न थालेपछि ओलीले आफूलाई फोन गरेर ‘तपाई वामपन्थीको सरकार ढालेर काँग्रेससँग मिलेर के गर्न लाग्नुभएको ?’ भनेर सोध्दा आफूले ‘काँग्रेस त तपाइँ भन्दा धेरै वामपन्थी रहेको भन्ने जवाफ दिएको बताए ।

‘काँग्रेस लोकतन्त्रको रक्षाका लागि हिँडेको छ । संविधानको रक्षाका लागि हिँडेको छ । तपाईं लोकतन्त्र र संविधान ध्वस्त पार्न लाग्नुभएको छ । अनि कसरी तपाई वामपन्थी र काँग्रेस दक्षिणपन्थी ?ः’, ओलीलाई दिएको जवाफ उधृत गर्दै प्रचण्डले बताए ।

सम्पादकहरूले गठबन्धनको यात्राबारे सोधेको प्रश्नमा प्रचण्डले यो संविधान र लोकतन्त्रको रक्षाका लागि ५ दलीय गठबन्धन बनेकाले यो नटुट्ने समेत बताए । प्रचण्डले गठबन्धन टुटाउन ओलीले प्रयास गरेपनि सफल नहुने समेत दावी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>