देश/प्रदेश

प्रभु साह प्रमुख अतिथि रहेका नगरसभामा झडप, प्रहरीले हान्यो अश्रुग्यास

Banner

रौतहट, असार १० –

रौतहटको पाँचौं नगरसभामा नेकपा एमालेका नेता प्रभु साह सहभागी रहेको सभामा झडप भएको छ।

साह प्रमुख अतिथि रहेका मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको हो।

साह नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका थिए । नगर सभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताएका हुन्।

प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहार गरेको छ। केहीबेर अघिसम्म चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको उनले बताए । भिड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको उनको भनाइ छ। मौलापुरको मेयर रीनाकुमारी साह हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>