समाज
काठमाडौंमा अब ट्याक्सी पनि चल्न पाउने,निजी सवारी साधन जोर–बिजोरमा चल्ने
०

काठमाडौं,असार ६-
काठमाडौं उपत्यकामा ट्याक्सी पनि चल्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार एक साताका लागि थपिएको निषेधाज्ञामा ट्याक्सीलाई पनि चल्न दिने निर्णय भएको हो ।
आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले यो निर्णय गरेको हो । यो निर्णय मंगलबारदेखि लागू हुनेछ । प्रशासनले निजी सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा चल्न दिने निर्णय गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























