समाचार
टिकटकमा माउ कम्पनीको आम्दानी दोब्बर

काठमाडौं, असार ४ –
चर्चित भिडियो शेअरिङ एप टिकटकको स्वामित्व भएको बाइटडान्स कम्पनीले गत वर्ष आफ्नो आय दोबर बनाएको छ । आफ्ना कर्मचारीका लागि आन्तरिक रूपमा जारी गरिएको एउटा सूचनामा उक्त कम्पनीको आम्दानी सन् २०२० मा १११ प्रतिशतले बढेर ३४.३ अर्ब डलर पुगेको देखिएको छ ।
उक्त तथ्याङ्कले टिकटकको विश्वव्यापी लोकप्रियतालाई देखाउँछ। बाइटडान्स र अन्य ठूला चिनियाँ प्रविधि कम्पनीहरू विश्वभरिका सरकारहरूबाट बढ्दो दबाव सामना गरिरहेका बेला यो विवरण आएको हो।
बाइटडान्सको वार्षिक नाफा पनि ९३ प्रतिशतले बढेर १९ अर्ब डलर पुगेको भने त्यसै अवधिमा उसको खुद घाटा पनि ४५ अर्ब डलर भएको छ।
टिकटकको व्यापक लोकप्रियताले गर्दा बाइटडान्सले अमेरिका र चीनसहित विश्वभरिका सरकारहरूको छानबिनको सामाना गर्नुपरेको थियो। बिहीवार रोएटर्समा आएको एउटा खबरअनुसार यसै महिनाको सुरुमा राष्ट्रपति जो बाइडनले हस्ताक्षर गरेको एउटा कार्यकारी आदेशअन्तर्गत अब केही चिनियाँ एपले अमेरिकी बजारमा बस्न चाहेको खण्डमा प्रयोगकर्ताहरूको डेटा सुरक्षाका लागि थप कडा मापदण्ड पालन गर्नुपर्ने बीबीसीले बताएको छ ।
यो अमेरिकामा टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउनेगरी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले जारी गरेको एउटा आदेशलाई निस्तेज गरेपछि ल्याइएको आदेश हो।बीबीसी

























