मौसम
आज अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना

काठमाडौं, असार ४ –
आज मुलुकभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
मौसम पूर्वानुमान महाशाखा अनुसार प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको छ । आज राति प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । अहिले देशभर बदली रही प्रदेश १ र सुदूरपश्चिमलगायतका प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।
आगामी २४ घण्टामा अधिकांश स्थानमा वर्षा हुने तथा प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

























