राजनीति

लेखेर राख्नुहोस,एमाले फुट्दैन र फुट्न पनि दिदैनौंः नेता आचार्य

Banner

काठमाडौं,आसार ५-

नेकपा एमाले नेता भीम आचार्यले पार्टी बिभाजन नहुने ठोकुवा गर्नुभएको छ । पछिल्लो समय पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिनुभएका नेता आचार्यले आफूहरुको अभियान परिणामतर्फ उन्मुख भएको जानकारी दिँदै पार्टी बिभाजनमा जान नदिने ठोकुवा गर्नुभयो । ‘लेखेर राख्नोस, एमाले फुटदैन,फुट्न दिदैनौं, एकसाताभित्रै पार्टीमा ठूलो प्रगति हुन्छ,’ सगरमाथा टेलिभिजनसंगको अन्तर्वार्तामा एमाले नवौं महाधिवेशनबाट निर्वाचित सचिवसमेत रहनुभएका नेता आचार्यले भन्नुभयो ।

उहाँले बरिष्ठ नेता झलनाथ खनालको बक्तब्य पार्टी एकताको पक्षमा दृढतापुर्वक आएको बताउनुभयो । नेता खनालको नाममा आएको बक्तब्य अरु कसैले ड्राफ्ट गर्यो वा फर्जी कुरा आयो भनेर खनालकै अपमान गर्ने काम भएको बताउनुभयो । मलाई राम्रो लाग्यो, ९५ प्रतिशत मानिसले उहाँको बक्तब्यलाई राम्रो मानेको देखियो, कम्युनिष्ट पार्टीका नेतादेखि कार्यकर्तासम्म बक्तब्यको पक्षमा उभिए,’ आचार्यले भन्नुभयो, ‘फर्जी कुरा आयो, उहाँले लेखेकै होइन भन्नु त झलनाथकै अपमान हो ।

एमाले फुटाएर जान चाहने पक्ष दुवैतिर रहेको भन्दै आचार्यले एमालेबाट पलायन भएर भाग्ने कुरा कसैलाई स्वीकार्य नहुने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>