समाज
घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरे
०

देउखुरी,असार ४-
घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा स्यानाकुमारीको बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिनुभयो । आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























