देश/प्रदेश
सभापति शेरबहादुर देउवाद्धारा युद्धस्तरमा उद्धार र राहतका लागि अपील
काठमाडौँ,असार २ –
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा सिन्धुपाल्चोकको मेलम्चीसहित देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण उत्पन्न समस्या युद्धस्तरमा हल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरुलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको काममा सक्रियतासाथ लाग्न सरकारलाई आग्रह गरेका छन् ।
सभापति देउवाले पार्टी पंक्तिलाई पनि उद्धार राहत लगायतका काममा लाग्न निर्देशन समेत दिएका छन् । ‘बाढी पहिरोको जोखिम अबका केही दिनमा थप बढ्नसक्ने पूर्व घोषणा दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारहरुलाई जरुरी समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न नेपाली कांग्रेस पार्टीका तर्फबाट अपील गर्दछु’, ।
























