राजनीति

झलनाथ खनाललाई उपचारका लागि नयाँदिल्ली लगियो

Banner

काठमाडौं,जेठ २-

नेकपा एमालेका पूर्वअध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारत नयाँ दिल्ली लगिएको छ । स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि नर्भिक अस्पालमा उपचाररत खनाल थप उपचारका लागि नयाँ दिल्ली जान अस्पतालले दिएको सुझावअनुरुप उनलाई त्यसतर्फ लगिएको हो ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै थकान महसूस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिए पछि जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ संक्रमणमुक्त भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>