समाचार

राप्ती नदीमा ठूला मेसिन प्रयोग गरी उत्खनन् गर्न रोक

Banner

बुटवल, जेठ ३१ –

एक्जाभेटरलगायत ठूला मेसिन राप्ती नदीमा प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न प्रशासनले रोक लगाएको छ ।

सम्बन्धित निकायको अनुमति बेगर ठेकेदारहरुले ठूला मेसिन प्रयोग गरेर जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले नदीमै पुगेर धर्ना दिएपछि प्रशासनले मेसिन प्रयोगमा रोक लगाएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिलगायत सम्बन्धित निकायले अनुमति नदिएको ठाउँमा मेसिन प्रयोग गरेर उत्खनन् नगर्न स्थानीय तहहरु र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएर रोक्न लगाइएको हो ।

राप्ती नदीमा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका,राजपुर गाउँपालिका, लमही नगरपालिका, बबइ गाउँपालिका, दङ्गशिरण गाउँपालिका, बङ्गालाचुली गाउपालिका, शान्तीनगर गाउँपालिकालगायत १० वटा स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउने गर्छन् । अनुगमन नहुँदा ठेकेदारले ठुला मेसिन लगाएर जथाभावी र तोके भन्दा धेरै परिमाण उत्खनन् गर्दै आएका नागरिक समाज दाङका अध्यक्ष केबी मसालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>