राजनीति

महेश बस्नेतको प्रश्नः गान्धीलाई जस्तै ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ?

Banner

काठमाडौं,जेठ २९-

नेकपा एमालेका नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन्। बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि सत्ता पक्षका सांसद र नेताहरुले उनलाई हदैसम्मको कारवाहीको माग गरेका हुन्। ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको वैद्य अभिव्यक्तिलाई लिएर एमाले तरङ्गित बनेको छ।

पूर्वमन्त्री बस्नेतले उनलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन्। जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्ने भएकाले अप्रीय घटना घटनुभन्दा अगाडि सरकार सचेत हुनुपर्ने उनको भनाई छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>