Breaking News
चितवनमा आज एकैदिन पाँच कोरोना संक्रमितको निधन, ८६ संक्रमित थपिए

चितवन, जेठ २५-
चितवनमा आज एकैदिन विभिन्न अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांकअनुसार भरतपुर अस्पतालमा २ जना र चितवन मेडिकल कलेजमा ३ जना रहेका छन् । जसमा चितवनको १ जना र बाहिर जिल्लाका चार जना रहेका छन् ।
विभिन्न अस्पतालका आईसीयूमा १३४ जना, भेन्टिलेटरमा ३१ जना, एचडीयूमा ४७ जना, जनरल बेडमा १३२ जना गरी जम्मा ३०९ जना बिरामी उपचार गराइरहेका छन् । विगत २४ घण्टामा ३६ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
विगत २४ घण्टामा चितवनमा ८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ५६ जना, खैरहनीमा ३ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगरमा ३ जना, राप्तीमा ४ जना, कालिकामा ४ जना र इच्छाकामनामा १ जना रहेका छन् । आजसम्म चितवनमा २३१ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ७१७ जना रहेको छ । जसमा घरमा आइसोलेसनमा एक हजार ५४६ जना, अस्पतालमा आइसोलेसनमा १४६ जना, सार्वजनिक आइसोलेसनमा २७ जना रहेका छन् ।
























