देश/प्रदेश

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा कारण देखाऊ आदेश,सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

Banner

काठमाडौँ,जेठ २५ –

प्रतिनिधिसभा विघटनपछि पनि मन्त्रिपरिषद् विस्तार गरेको भन्दै दायर भएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गरेका विषयमा परेको रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सोसम्बन्धी लिखित जवाफ माग गरेको हो ।
इजलासले सो विषयमा थप छलफलका लागि दुवै पक्षलाई आगामी असार ८ गते बोलाउने आदेशसमेत गरेको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित छ जनाले उक्त विषयमा रिट निवेदन दायर गर्नुभएको थियो ।

हेर्नुहोस् सर्वोच्चको आदेश

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>