Breaking News

चितवनमा थप १३८ जना संक्रमित थपिए, ९ जनाको मृत्यु, ४२ जना निको

Banner

चितवन, जेठ २१
चितवनमा पछिल्लो २४ घण्टामा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ४१० पुगेको छ ।
जसमा ३४४ जनाले अस्पतालमा उपचार गराइरहेका छन् । बाँकी होम आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा चितवनमा ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा चितवनमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा १ जना चितवनका रहेका छन् बाँकी बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट २२५ चितवनवासीको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>