खैरहनी

कोरोना कहरमा राहत बाड्नमा व्यस्त नेबिसंघ खैरहनी

Banner

चितवन, जेठ २१–

कोरोना कहरका कारण देशनै आक्रान्त वनेको छ । यो समयमा यस जिल्ला पनि अछुतो रहन सकेन । कोरोना सङ्क्रमित बढ्दै जाँदा स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण आफ्नो छाक टार्न कठिन भएका परिवारका लागि नेपाल विद्यार्थी संघले खाद्यान्न सहयोग गर्दै आएको छ ।

नेबिसंघ खैरहनी नगर समितिले नगरपालिका भित्र रहेका बिपन्न परिवारका लागि खाद्यान्न सहयोग गर्दै आएको छ । यसै क्रममा खैरहनी नगरपालिकाको वडा नम्बर ४ स्थित च्यामियाँडाडामा रहेका बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

नेबिसंघ नगर समितिका अध्यक्ष सुरजजंग बस्नेतका अनुसार ५० परिवारलाई चामल, नुन, तेल, दाल, आलु जस्ता खाद्य सामग्री सहयोग गरिएको हो । सङ्क्रमणको समयमा दुखी र बिपन्न परिवारको सहयोगमा जुट्न काँग्रेसले गरेको आव्हानलाई आत्मसाथ गर्दै सहयोगमा जुटेको उनले बताए ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा तरुण नेता दिपेन्द्र घिमिरे, बिद्यार्थी नेताहरु अञ्जन खत्री, भरत खनाल लगाएतको सहभागीता रहेको थियो । सो अवसरमा बस्नेतले नगरपालिका भित्रर अन्य स्थानमा रहेका बिपन्नहरुलाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>