Breaking News
चितवनका यी ठाउँमा भोलि चार घण्टा विद्युत् अवरुद्ध हुने
०

चितवन, जेठ २१–
चितवनका विभिन्न ठाउँमा भोलि (शनिबार) चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार शनिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भरतपुर बस टर्मिनलदेखि गोन्द्राङसम्म सडक विस्तारको क्रममा विद्युत्का पोलहरु सार्ने काम भएकाले भोलि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगतको भरतपुर–२ र औद्योगिक फिडर–१ अन्तरगतका स्थानहरुमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
यदि तोकिएकै समय भन्दा पहिले काम सम्पन्न भए छिट्टै विद्युत् सुचारु हुने प्राधिकरणले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























