Breaking News

चाइनीज ताइपेईविरुद्ध नेपाल २–० ले विजयी

Banner

काठमाडौँ, जेठ २०–

चाइनीज ताइपेईविरुद्ध नेपाल २–० ले विजयी भएको छ । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे ।

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल चाइनिज ताइपेईमाथि हावी भएको थियो । कुवेतको कुवेत सिटी खेल मैदानमा भएको खेलमा नेपालले अन्जन विष्टको गोलमा सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको नेपाल दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

दोस्रो हाफको अन्त्यतिर दोस्रो हाफमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले आकर्षक गोल गरेपछि नेपाल २–० ले विजयी भएको हो । यसअघि नेपाल पहिलो चरणमा पनि २–० ले पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>