खैरहनी

खैरहनीमा कोरोना संक्रमितका लागि प्रेमोपहार कार्यक्रम

Banner

चितवन, जेठ २०–

पूर्वीचितवनको खैरहनी नगरपालिका–८ चौबिसकोठी पर्सामा संचालनमा रहेको हेल्प डेक्स खैरहनीले निःशुल्क फुड एम्बुलेन्स सेवा संचालन ल्याएको छ । साथै कोभिड–१९ संक्रमित प्रेमोपहार कार्यक्रम पनि संचालनमा ल्याइएको छ ।

खैरहनी नगरपालिका भित्रका कोभिड संक्रमित बिरामीको मनोबल उच्च बनाउन र असहज परिस्थितिलार्इ सहजीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम संचालनमा ल्याइएको हेल्प डेक्स खैरहनीका अभियन्ता मुरली प्रसाद गजुरेलले जानकारी दिए ।

हेल्प डेक्स खैरहनीले अति विपन्न परिवारलार्इ निःशुल्क फुड एम्बुलेन्स सेवा मार्फत खाद्यान्न वितरण गर्दै आइरहेको छ । हेल्प डेक्समार्फत् आर्थिक अवस्था कमजोर भएकाहरुका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था, चिकित्सा परामर्श, बिरामीका लागि अक्सिजनसहितको सवारी साधनको व्यवस्था, अक्सिजन आवश्यक बिरामीका लागि अक्सिजन शिलिन्डरको व्यवस्था, अतिविपन्न परिवारका लागि खाद्यान्न वितरण, नियमित औषधि सेवन गरिरहेका बिरामीका लागि औषधि घरमै पुर्‍याइ दिने व्यवस्था, रगत अभाव भएका बिरामीका लागि रगत उपलब्ध गराइदिने लगायतका सेवा सञ्चालन गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>