Breaking News

चितवनमा आज एकैदिन पाँच कोरोना संक्रमितको मृत्यु, अस्पतालमा ३४० संक्रमितको उपचार हुँदै

Banner

चितवन, जेठ २०-

चितवनका विभिन्न अस्पतालमा आज एकैदिन पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा २ जना, पुरानो मेडिकल कलेजमा १ जना र अन्य अस्पतालमा १ जना कोरोना संक्रमितको निधन भएको हो । मतक पाँच जना मध्ये २ जना चितवन जिल्लाका हुन् भने ३ जना अन्य जिल्लाका हुन् ।

विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३९ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । चितवनमा अहिले ३४० जना बिरामी अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् । जसमध्ये आईसीयूमा १५९ जना, भेन्टिलेटरमा ४० जना, एचडीयूमा ३४ जना र जेनरल बेडमा ४७ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>