गण्डकी

देवघाट गाउँपालिकामा कोरोना संक्रमित घट्दै, पछिल्लो समय सक्रिय संक्रमित ६ जना मात्र

Banner

देवघाट,तनहुँ जेठ २० –

तनहुँको देवघाट गाउँपालिकामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। देशव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको दोस्रो भेरियन्टको प्रभाव गाउँपालिकामा भने कम देखिएको हो।

हालसम्म गाउँपालिकामा १ सय ४० जनामा कोरोना परीक्षण गरेकोमा २६ जनामा मात्र संक्रमण देखिएको थियो। जसमा १७ जना पुरुष र ९ जना महिला रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए।

शाखा प्रमुख बुढाथोकीका अनुसार गाउँपालिकामा भएका संक्रमित मध्य १ जनाको मृत्यु हुनुका साथै १९ जना निको भएका छन् साथै हाल गाउँपालिकामा ६ जना मात्र सक्रिया संक्रमित रहेको छ। यस्तै गाउँपालिकामा आज आएको कोरोना परिक्षण रिपोर्टमा २७ जनाको कोरोना परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ।

यसैगरी गाउँपालिकामा कोरोना संक्रमणको प्रभाव कम देखिनुमा गाउँपालिकाले अपनाएको सजगताले पनि काम गरेको गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले जानकारी दिए । गाउँपालिकाले प्रवेश गर्ने हरेक नाकामा स्वंयसेवक समेत खटाएर अनावश्यक रुपमा आवतजावत गर्ने मानिसहरुलाई विशेष निगरानी गर्ने गरिएको थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>