अन्तर्राष्ट्रिय
भारतमा बालबालिकालाई लगाउन थालियो कोरोना खोप
०

एजेन्सी, जेठ २०–
भारतमा बालबालिकाहरुमा कोरोना खोप लगाउन सुरु गरिएको छ । भारतमै बनाइएको कोभ्याक्सिन खोपको परीक्षण मंगलबारबाट थालिएको हो ।
पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सन्जिव कुमारले जानकारी दिएका छन् । आगामी महिना ५२५ जना बालबालिकामा खोपको परीक्षण गरिने उनले जानकारी दिएका छन् ।
दोस्रो चरणमा पनि खोपको नकारात्मक असर नदेखिएमा तेस्रो चरणको खोप दिइने डा.कुमारले जानकारी दिए । हालसम्म १८ वर्ष उमेरभन्दा माथिका लाई मात्र कोरोना खोप दिने गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























