अन्तर्राष्ट्रिय

चीनले बनाएको अर्को भ्याक्सिनलाई पनि डब्लुएचओको अनुमति

Banner

एजेन्सी, जेठ १९
चीनले बनाएको अर्को भ्याक्सिनलाई पनि आपतकालीन प्रयोगका लागि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले अनुमति दिएको छ । डब्लुएचओले दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनलाई मंगलबार प्रयोग अनुमति दिएको हो ।

चीनसहित संसारका धेरै ठाउँमा प्रयोग भइरहेको सिनोभ्याकलाई डब्लुएचओले अनुमति दिएपछि अब कोरोनाभाइरसविरूद्ध चीनका दुईटा खोप हुने भएका छन् ।

यसअघि चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई डब्लुएचओले अनुमति दिइसकेको छ ।

सिनोभ्याक खोप अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ ।

‘१८ वर्षभन्दा माथिका मानिसहरूका लागि यो खोपको दुई डोज दुईदेखि चार साताको अन्तरमा लगाउन सिफारिस गरिन्छ,’ डब्लुएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डब्लुएचओले फाइजर/बायोएनटेक, मोडेर्ना, जोनसन एन्ड जोनसन र अष्ट्राजेनेकाले भारत, दक्षिण कोरिया र युरोपियन युनियनका मुलुकमा उत्पादन गर्न लागेका खोपलाई पनि प्रयोग अनुमति दिएको छ ।

यो अनुमतिसँगै आफैंले कुनै खोपको मूल्यांकन गर्न नसक्ने मुलुकहरूले ती देशमा उत्पादन भएका भ्याक्सिनहरूलाई किनेर आफ्ना नागरिकलाई दिन सक्नेछन् । साथै कोभ्याक्सअन्तर्गत पनि ती भ्याक्सिन दिन सकिने छ । अहिले कोभ्याक्समा अष्ट्राजेनेका र फाइजरका खोपमात्र दिने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>