स्वास्थ्य

बेलायतका वैज्ञानिकले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै दिए चेतावनी

Banner

एजेन्सी,जेठ १९-

बेलायत सरकारको सल्लाहकार समेत रहेका एक वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्। उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताएका हुन्। तेस्रो लहर ल्याउन सक्ने ब्रिटिस प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन्।

उनले बेलायतको वर्तमान अवस्थाका बारेमा भनेका छन्, ‘हुन त हाल बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै छ तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ।’

यसैकारणले बेलायतमा कोभिडको तेस्रो लहरको शुरुआत हुन सक्ने अवस्था रहेको उनले बताएका छन्। उनले बिबीसीसँगको कुराकानीमा सोमबार भनेका छन्,‘ अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुँदै जानेछन्।’

‘शुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ,’ उनले भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>