चितवन विशेष

चश्मा व्यवसायीले दिए स्वास्थ्य सामग्री

Banner

चितवन, जेठ १८–

नेपाल चश्मा व्यवसायी संघ चितवनले कोभिड टास्क फोर्स चितवनलाइ स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

टास्क फोर्सलाई करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको स्वास्थय सामग्री सहयोग गरिएको नेपाल चश्मा व्यवसायी संघ चितवनका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । स्वास्थ्य सामग्रीका लागि नेपाल होलसेल चश्मा व्यवसायी संघ काठमाण्डौ, एनसिडिए चितवन र सेवक फर्मा भरतपुरले सहयोग गरेको अध्यक्ष पौडेलले बताए । उक्त स्वास्थ्य सामग्री टास्क फोर्स चितवनकी एम्बेसडर डा. स्नेहा अधिकारीलार्इ हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्री अक्सिमिटर, औषधि, पन्जा, मास्क, फेस सिल्डलगायतका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा एनसिडिए चितवनका अध्यक्ष इश्वर भण्डारी, पूर्वअध्यक्ष शिवप्रसाद पण्डित, सचिव लक्ष्मी श्रेष्ठ, चश्मा व्यवसायी संघ चितवनका कोषाध्यक्ष निरज पौडेल र सदस्य सरोज पौडेललगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>