गण्डकी

देवघाट गाउँपालिकाका अध्यक्ष थापाको सक्रियतामा अलपत्र एक वृद्धको उद्धार

Banner

चितवन, जेठ १८-

देवघाट गाउँपालिका–५ बाट आज एक ८३ वर्षीय वृद्धको उद्धार गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाको नेतृत्वमा विभिन्न संघसंस्थाको प्रतिनिधिहरु मिलेर सिकिस्त बिरामी भएर घरमा एक्लै बसिरहेका एक वृद्धको उद्धार गरेर मानव सेवा आश्रममा बुझाइएको हो ।

कान कम सुन्ने र आँखा पनि कम देख्ने ती वृद्ध विगत २० दिनदेखि सिकिस्त बिरामी भएर घरमा एक्लै बसेका थिए । उनको कोरोना परीक्षण र सामान्य स्वास्थ्य उपचार गरेर मानव सेवा आश्रममा लगिएको गाउँपालिकाका अध्यक्ष थापाले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ हामी आगामी आर्थिक वर्षको बजेटमा मानव सेवा आश्रमलाई पनि निश्चित सहयोग रकम बिनियोजन गर्ने विचार गरेका छौं । उनले मागेर जम्मा गरेको पाँच हजार रुपैयाँ पनि मानव सेवा आश्रमलाई नै बुझाएका छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>