Breaking News
चितवनमा आज एकैदिन ६ कोरोना संक्रमितको मृत्यु, अस्पतालबाट ५८ जना डिस्चार्ज
०

चितवन, जेठ १८-
चितवनमा आज एकैदिन ६ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार ६ जना मृतक मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा ३ जना र अन्य अस्पतालमा १ जनाको निधन भएको छ । त्यसैगरी विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट ५८ जना डिस्चार्ज भएका छन् ।
चितवनका विभिन्न अस्पतालमा अहिले ३५३ जना कोरोनाका बिरामी भर्ना गरेर उपचाररत छन् । जसमध्ये आईसीयूमा १७८ जना, भेन्टिलेटरमा ४५ जना, एचडीयूमा ३६ जना र सामान्य बेडमा १३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























