राजनीति

जनताका लागि राष्ट्रपतिले खोप माग्दै विदेशमा पत्राचार गर्नु संविधानको उल्लंघनः रावल

Banner

काठमाडौं,जेठ १७-

पूर्वमन्त्री भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका लागि खोप माग गर्दै विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गर्नु संविधानको उल्लंघन भएको टिप्पणी गरेका छन् । नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप याचना गर्दै विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन् ।

सोमबार अपरान्ह ट्वीटरमा उनले प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भनी प्रश्न उठाएका छन् । केही दिनयता राष्ट्रपति भण्डारीले खोप उत्पादक विभिन्न मुलुकका राष्ट्र प्रमुखलाई खोप सहजीकरणको आग्रह गर्दै पत्राचार गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>