गण्डकी

सरकारको बजेटमा देवघाट गाउँपालिकालाई गत वर्षभन्दा सात करोड बढी अनुदान

Banner

सुवाश लामिछाने

देवघाट, जेठ १७-

संघीय सरकारले आगामी आर्थिक बर्ष २०७८\७९का लागि देवघाट गाउँपालिकालाई गत वर्षभन्दा करिब सात करोड बढी अर्थात ३२ करोड ८७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत संघीय सरकारबाट देवघाट गाउँपालिकालाई ३२ करोड ८७ लाख रुपैयाँ विनियोजन गरेको हो ।

यसमध्ये समानीकरण अनुदानस्वरुप ८ करोड ४५ लाख, सशर्त अनुदानमा १९ करोड ९५ लाख र विशेष अनुदानमा दुई करोड ४९ लाख रहेको छ भने समपुरक अनुदान शीर्षकमा एक करोड ९८ लाख रहेको देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले नारायणी अनलाइलाई जानकारी दिए ।

तनहुँ जिल्लामा ब्यास नगरपालिकालाई ७७ करोड ३० लाख, भानु नगरपालिकालाई ५४ करोड २७ लाख, शुक्लागण्डकी नगरपालिकालाई ५३ करोड ९० लाख, भिमाद नगरपालिकालाई ३८ करोड ९१ लाख, आबुखैरेनी गाउँपालिकालाई २७ करोड ८५ लाख ,ऋषिङ्ग गाउँपालिकालाई ३२ करोड ४४ लाख ,घिरिङ गाउँपालिकालाई २५ करोड ९६ लाख,म्याग्दे गाउँपालिकालाई ३२ करोड ३० लाख र बन्दिपुर गाउँपालिकालाई ३० करोड ६६ लाख विनियोजन भएको देखिन्छ ।

तनहुँको देवघाट गाउँपालिकाले कृषि, रोजगारी र शिक्षामा जोड दिएको छ । गाउँपालिकाको चालु नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी, रोजगारी र गरिबी निवारण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको थियो ।

गाउँपालिकाले कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्न ‘एक गाउँः एक उत्पादन’ तथा पकेट क्षेत्रको विकास गर्ने नीतिअनुसार काम गरिरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । उनका अनुसार कोरोना संक्रमण बन्दाबन्दीले आर्थिक मन्दीको अवस्थामा सुधार ल्याउन कृषि तथा पशुपक्षीको क्षेत्रको उत्पादनलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाको छ ।

गाउँपालिकाले खाली र पर्ती जग्गाको लागत संकलन गरी जग्गा बाँझो राख्न नपाइने काम गरिहेको छ । त्यस्ता जग्गामा खेती गर्न चाहने कृषकलाई गाउँपालिकाले अनुदानको व्यवस्था पनि गरेको छ ।

कोरोना महामारी तथा यसपछि पनि आउन सक्ने अन्य महामारी विरुद्ध लड्न स्वास्थ्य संस्थालाई सुदृढ बनाउने काम गाउँपालिकाले गरिरहेको । अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि, स्वास्थ्य सामग्री र व्यक्तिगत सुरक्षा सामग्री सहित उपकरणको उचित व्यवस्थापन गाउँपालिकाले गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>