Breaking News

चितवन माडीका सुवेदी एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचित

Banner

चितवन, जेठ १७-

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको अध्यक्षमा चितवनका बुद्धिसागर सुवेदी निर्वाचित भएका छन् ।

गैर आवासीय नेपालीको साझा संस्थाको रुपमा रहेको अभिभावकीय संस्थामा सुवेदी विजयी भएका हुन् । वर्ष २०२१ देखि २०२३ सम्मको दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो । मे २९ र ३० मा अनलाइनद्वारा मतदान भएको हो ।

सुवेदी चितवनको माडीको स्थायी बासिन्दा हुन् । माडी नगरपालिका–५ बरमपुर निवासी सुवेदी १८ वर्ष देखि अमेरिकामा रहेर काम गर्दै आएका छन् । अहिले उनको परिवार भरतपुर महानगरपालिका–४ चिसापानी टोलमा बस्ने गर्छन् । निर्बाचित भएपछी उनले गैर आवासिय नेपालीको हितमा समर्पित हुने बताए ।

यसअघि उनी विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुँदैं एनआरएनए अमेरिकामा उपाध्यक्ष रहेका थिए । ‘अमेरिका बनाउनका लागि नेतृत्व गर्ने आट बोकी म यस अभियानमा होमिएको हु ।’ उनले भने, ‘मलाई विजयी बनाएर एनआरएनए, अमेरिकाको नेतृत्व गर्ने कुरामा बल मात्र दिएको छैन, विश्वस्त पनि बनाएको छ ।’

एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगका अनुसार यसपटक २० हजार १३९ मतदाता रहेका थिए । यसमध्ये १५हजार ७६८ मत खसेको खसेको थियो । अध्यक्षमा चार जनाको उम्मेद्बारी परेको थियो । सुवेदीले ५ हजार ६१८ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण लामिछानेले पाँच हजार २३३ मत ल्याए । त्यसैगरी डा.अर्जुन बन्जाडेले चार हजार १२८ मत र तिलक केसीले ५६७ मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>