देश/प्रदेश

राष्ट्रिय सभाको उपनिर्वाचनले एमालेको स्थायी कमिटी बैठक फेरि सर्‍यो

Banner

काठमाडौँ, जेठ १७–

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको कारण नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक फेरि सरेको छ।

एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पाँच बजेका लागि बैठक बोलाएका थिए। लुम्बिनीको उपनिर्वाचनमा केही स्थायी कमिटी सदस्यहरू जानु पर्ने भएकाले आजको बैठक स्थगित भएको बताइएको छ।

यसअघि प्रधानमन्त्री ओलीको व्यस्ततालगायत कारण देखाउँदै उक्त बैठक आज बिहान १० बजेका लागि सारिएको थियो। तर आज पनि बैठक नबस्ने भएको छ। आज सरेको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>