राजनीति

उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीरः रवीन्द्र मिश्र

Banner

काठमाडौं,जेठ १६-

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको र अवस्था अत्यन्तै गम्भीर रहेको बताएका छन् । उनले भनेका छन्– उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भीर छ । डाक्टरहरूले सकेको गरिरहेका छन् । डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ । उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला । प्रार्थनामा शक्ति हुन्छ ।

कोरोना संक्रमणका कारण जटिल समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>