Breaking News

चितवनमा आज एकैदिन कोरोना संक्रमणबाट ८ को मृत्यु, आईसीयू र भेन्टिलेटरमा २४० को उपचार

Banner

चितवन, जेठ १६-

चितवनमा विगत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार मृतक ८ जना मध्ये चितवन जिल्लाका ४ जना र बाहिर जिल्लाका ४ जना रहेका छन् । भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा २ जना, पुरानो मेडिकल कलेजमा २ जना र महानगरको आइसोलेसन केन्द्रमा १ जनाको मृत्यु भएको हो ।

भरतपुरका विभिन्न अस्पतालमा आईसीयूमा १८८ जना, भेन्टिलेटरमा ५२ जना, एचडीयूमा ४५ जना र जेनरल बेडमा १६० जना गरी जम्मा ३८५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । विगत २४ घण्टामा २४ जना बिरामी अस्पताहरुबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले हरेक दिन उपलब्ध गराएको तथ्यांक अनुसार अस्पतालहरुमा आईसीयू र भेन्टिलेटरमा कोरोनाका गम्भीर बिरामीको संख्या निरन्तर घट्दो छ । जेठको पहिलो हप्तमा चितवन मेडिकल कलेजमा मात्र झण्डै १६० जना गम्भीर बिरामीको आईसीयूमा उपचार भइरहेको थियो । त्यस्तै सबै अस्पतालहरुमा संक्रमित बिरामीको संख्या झण्डै ६०० जना पुगेको थियो तर अहिले सो बिरामीको संख्या ४०० हाराहारीमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>