Breaking News

चितवनमा कोरोना संक्रमण दर निरन्तर घट्दै, ५९ जना नयाँ कोरोना संक्रमित थपिए

Banner

चितवन, जेठ १६-

विगत २४ घण्टामा चितवनमा ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार थपिएका संक्रमित मध्ये ४० जना भरतपुर महानगरका रहेका छन् । त्यस्तै, खैरहनीमा १ जना, माडीमा ५ जना, रत्ननगरमा ११ जना, राप्तीमा १ जना र कालिकामा १ जना रहेका छन् । योसँग चितवनमा संक्रिय संक्रमितको संख्या चार हजार ८१८ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार चितवनमा २१८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विगत २४ घण्टामा चितवनमा ४ जनाले कोरोनाको कारणले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनले हरेक दिन प्रकाशित गर्ने तथ्यांक अनुसार केही दिन यता कोरोना संक्रमण दर निरन्तर घट्दै गएको पाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>