चितवन विशेष

भरतपुरको नमुना टोलका ४१ घरपरिवारलाई खाद्यान्न सहयोग

Banner

चितवन, जेठ १६-

इन्टर्‍याक्ट क्लब अफ वाल्मीकिले नमुना टोलमा रहेका ४१ घरपरिवारका करिब १८८ जनालाई खाद्यान्न सहयोग गरेको छ ।

मिसन फर सरभाइबल कार्यक्रमअन्तर्गत ‘फिड द हङ्ग्री नेपाल’ नामक संस्थाको सहयोगमा उक्त संस्थाका प्रतिनिधि सावित्री पौडेलको उपस्थितिमा खाद्यान्न सहयोग उपलब्ध गराएको हो । प्रति परिवार १५ केजी चामल, २ केजी दाल, नुन १ पोका, ६ थान सेनिटरी प्याड, १ थान सेनिटाइजर र मास्क वितरण गरिएको क्लबका अध्यक्ष अमृत ढकालले बताए ।

कोरोनाको फैलदो माहामारी एवम् निषेधाज्ञामा पिल्सिरहेका जनताहरूले भोकै बस्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको र छिट्टै अर्को ५० घरपरिवारको लागि थप खाद्यान्न सहयोग गर्ने अध्यक्ष ढकालले बताए । नारायणगढ रोटरी क्लबले चार वर्ष अगाडि भरतपुरमा अवस्थित वाल्मीकि शिक्षा सदन विद्यालयमा इन्टर्‍याक्ट क्लबको स्थापना गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>