देश/प्रदेश

कोरोनाविरुद्धको खोपका लागि राष्ट्रपतिद्वारा रुसी राष्ट्रपति पुटिनलाई पत्राचार

Banner

काठमाडौँ,जेठ १६ –

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिनेबारे रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई पनि पत्र पठाएकी छन् ।  रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपति भण्डारीले रुसी समकक्षी पुटिनलाई पत्र पठाएकी हुन् ।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । नेपालको स्वास्थ्य सेवा विभागले उक्त खोपलाई मान्यता दिइसकेको छ । ‘खोप कुटनीति’ अन्तर्गत राष्ट्रपतिले यहि व्यहोराको पत्र खोप उत्पादक मुलुक अमेरिका र भारतका राष्ट्रपतिलाई पत्र पठाइसकेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>