राजनीति
कामचलाउ सरकारले राम्रो बजेट ल्याउने बेला होइनः वर्षमान पुन
०

काठमाडौं,जेठ १५-
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले राम्रो बजेट ल्याउने बेला नरहेको टिप्पणी गरेका छन्। कामचलाउ सरकारले अध्यादेशबाट आगामी आर्थिक वर्ष ०७८/७९ को १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएपछि पुनले यस्तो टिप्पणी गरेका हुन्। ‘सरकारले अहिले बजेट ल्याउने बेला होइन।
संवैधानिक दायरा भन्दा बाहिर रहेर सरकारले बजेट ल्याएको छ’ उनले भने। ‘सरकारको बजेट हेरेपछि प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास बढ्यो।’ सरकारले घोषणा गरको निर्वाचन हुने विश्वास नभएकै कारणले यस्तो बजेट ल्याएको उनको भनाई छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























