देश/प्रदेश
बजेट अघि मन्त्रिपरिषद् बैठक बस्दै
०

काठमाडौँ, जेठ १५–
बजेट सार्वजनिक अघि मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।
अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्नेछन् । त्यसैको तयारीका लागि बैठक बस्ने लागेको हो । प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो। आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























