Breaking News
चुनाव हुँदैन भनेर भ्रम छरियोः प्रधानमन्त्री ओली
०

काठमाडौँ, जेठ १५–
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँँदैन भनेर भ्रम छरिएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरि सकेको निर्वाचनको बारेमा जनतामा भ्रमपूर्ण प्रचार गरिएको गुनासो गरे । उनले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको समेत स्मरण गराए ।
निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने भन्दै उनले कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन घोषणा भएको स्मरण गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























