Breaking News
पश्चिम चितवनमा नारायणी नदीले कटान गर्न थाल्यो, सतर्कता अपनाउन आग्रह
०

चितवन, जेठ १४–
निरन्तरको वर्षापछि नारायणी नदीले कटान गर्न थालेको छ ।
भरतपुर महानगरपालिकाको पश्चिम क्षेत्रमा नारायणी नदीले कटान गर्न थालेको हो । भरतपुर–२६ र २७ मा नारायणीले क्षति पु¥याउन सक्ने जोखिम बढेकाले सो क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको टोलीले निरीक्षण समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नेतृत्वको टोली नारायणीले कटान गर्न थालेको स्थलको निरीक्षण गरेको छ ।
सो क्रममा उनले स्थानीयबासीलाई सचेत रहन आग्रह गरे । नारायणी नदीको बाढीले वर्षेनी पश्चिम चितवनका विभिन्न क्षेत्रमा कटान गर्ने गरेको छ । लगातार वर्षा भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले आव विहान एक विज्ञप्ती जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























