राजनीति
स्वास्थ्यकर्मीमाथी आक्रमण भएको घटनाप्रति राष्ट्रपतिद्धारा दुःख व्यक्त
०

काठमाडौं,जेठ १४-
बाँकेको भेरी अस्पतालमा स्वस्थ्यकर्मीमाथी आक्रमण भएको घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुःख व्यक्त गरेकी हुन् । उनले लेखेकी छन्, आफ्नो र परिवारको जीवन जोखिममा राखेुर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक छ ।
दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ । यस विषम परिस्थिततिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझाँ दायित्व हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























