चितवन विशेष

प्रेस युनियनलाई सक्षम नेपाल अभियानले दियो स्वास्थ्य सुरक्षा सामग्री

Banner

चितवन, जेठ १४–

सामाजिक कार्यमा सक्रिय रहेको सक्षम नेपाल अभियानले नेपाल प्रेस युनियन चितवन शाखालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । युनियनको कार्यालय बसेनीमै पुगेर सो संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।

अभियानका संयोजक प्रकाश थापाले युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरे । सक्षम नेपालले २५ प्याकेट मास्क र ८ थान ठूलो स्यानिटाइजर सहयोग गरेको हो । सो क्रममा बोल्दै अभियानका संयोजक थापाले फ्रन्टलाइनरमा रहेर काम गर्ने मध्येमा पत्रकारहरु पनि पर्ने भएकाले जोखिमका बेला सानो सहयोग स्वरुप स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको बताए । उनले आगामि दिनमा पनि युनियनसंग सहकार्य गर्दै अघि बढ्ने बताए ।

यस्तै सामग्री ग्रहण गर्दै युनियनका अध्यक्ष अनिल ढकालले पत्रकारहरुलाई सम्झिएर स्वास्थ्य सामग्री सहयोग गरेकोमा सक्षम नेपाल अभियान परिवारलाई धन्यवाद ज्ञापन गरे । उनले सधै अभियानसंग सहकार्य गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय सदस्य बसन्त पराजुली, युनियन चितवनका निवर्तमान अध्यक्ष एवंम नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, उपाध्यक्ष प्रमिता ढकाललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>