स्वास्थ्य

मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श शुरू

०
Banner

काठमाडौं, जेठ १४–

कोभिड–१९ महामारीका कारण गरिएको लकडाउनले हिँडडुलमा कठिनाइ भएका बिरामीहरूका लागि मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श शुरू गरेको छ ।
समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ ।
नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यसएपमा उपलब्ध हुने हुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज्स् प्रा.लिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले जानकारी दिए ।
जारी कोभिड–१९, को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एप मार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाईएको छ । यसबाट स्वयम् बिरामीहरुको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>