समाज

काठमाण्डौमा बिहानैदेखि चेकजाँचमा कडाइ, २ सय ५० बढि गाडी होल्ड

Banner

काठमाडौं,जेठ २४-

काठमाण्डौ उपत्यकामा बिहानैदेखि कडाइ गरिएको छ । पास भएका गाडी तथा अत्यावश्यक सामान ओसारपसार गर्नेबाहेक अन्य गाडीलाई चलाउन दिइएको छैन ।

उपत्यकाका चोकचोकमा बिहानै प्रहरी खटिएका छन् । बिहान पास नबोकी हिँड्ने २ सय ५० भन्दा धेरै गाडीलाई प्रहरीले होल्ड गरेको छ । २ सय ३ वटा दुई पाङ्ग्रे गाडी, ४८ वटा चार पाङ्ग्रे, सात वटा ट्याक्सी र १५ वटा अन्य ठूला गाडी होल्ड गरिएको प्रहरीले जनाएको छ । यस्तै, काम नपरि हिँड्ने मानिसलाई पनि होल्ड गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>