Breaking News

चितवनका अस्पतालमा घट्न थाले कोरोनाका बिरामी,भर्ना हुनेभन्दा डिस्चार्ज हुने बढे

Banner

चितवन,जेठ १३-

चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या घट्दै गएको देखिएको छ । कोरोना संक्रमितहरुको उपचार गराउँदै आएका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन्स भरतपुर र बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कोरोना संक्रमित बिरामीको संख्यामा कमी आएको छ ।

एक साताअघिसम्म यहाँका विभिन्न अस्पतालमा ५०२ जना कोरोना संक्रमितले उपचार गराउँदै आएकोमा अहिले सो संख्या घटेर ४०६ जना पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा १०२, चितवन मेडिकल कलेजमा ११२, कलेज अफ मेडिकल साइन्सेन्समा ७५, क्यान्सर अस्पताल भरतपुरमा ४४, अन्य निजी अस्पतालमा ३१ र विभिन्न सार्वजनिक आइसोलेसन सेन्टरमा २५ जनाले उपचार गराइरहेका छन् ।

अस्पतालहरुमा बिरामी भर्ना हुने दरभन्दा डिस्चार्ज हुने क्रम बढ्दै गएको छ । संक्रमित बिरामीको संख्यामा कमी आउन थालेपछि यहाँका अस्पतालहरूलाई उपचार व्यवस्थापनमा पनि केही सहजता हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>