चितवन विशेष

दीप प्रज्वलन गर्दै प्रेस युनियन चितवनले मनायो ३० औँ स्थापना दिवस

Banner

चितवन, जेठ १३–

नेपाल प्रेस युनियन चितवन शाखाले ३० औँ स्थापना दिवस मनाएको छ । युनियनले आज (बिहीबार) आफ्नै कार्यालय बसेनीमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो । युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले दीप प्रज्वलनका सुरुवात गरेका थिए ।

सो क्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष आचार्यले अहिले विषम परिस्थितिमा पनि पत्रकारहरु जनतालाई सुसूचितवन बनाउन सक्रिय रहेको भन्दै स्वास्थ्यलाई ख्याल गर्दै अघि बढ्न पत्रकारहरुलाई आग्रह गरे । उनले आफ्नो जिम्मेवारी बहन गर्ने क्रममै पत्रकारहरु समेत मृत्युवरण गर्नुपरेको भन्दै सुरक्षित भएर पेशामा सक्रिय रहन आग्रह गरे ।

उनले लोकतन्त्रप्रति आस्था राख्ने पत्रकारहरुको साझा संस्था प्रेस युनियन ३० वर्ष पुरा गरी ३१ औं वर्षमा प्रवेश गरेकोमा देशभर रहेका पत्रकारहरुमा शुभकामना व्यक्त गरे । उनले लोकतन्त्रलाई संस्था गराउन पत्रकारहरुको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै यसतर्फ सबै सचेत बन्नुपर्ने बताए । साथै वरिष्ठ उपाध्यक्ष आचार्यले कोरोनाकै कारण ज्यान गुमाउन पुगेका पत्रकारहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।

यस्तै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवंम नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले चितवनमा समेत केही पत्रकारहरु कोरोना संक्रमणसंग जुधिरहेकाले सुरक्षित भएर काममा खटिन आग्रह गरे । उनले प्रेस युनियनको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।

युनियन चितवनका अध्यक्ष अनिल ढकालले कोरोनाका कारण दिवंगत पत्रकारहरुको स्मरण गर्दै युनियनको ३० औँ वार्षिकोत्सवको अवसरमा दीपप्रज्वलन गरिएको बताए । उनले स्थापना दिवसको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरे । अध्यक्ष ढकालले विषम परिस्थिितिका कारणले भव्य कार्यक्रम गर्न नसकिएको भन्दै यसबेला पत्रकारहरु सुरक्षित भएर पेशामा सक्रिय रहनु पर्ने अवस्था सिर्जना भएको बताए ।

दीप प्रज्वलन कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष प्रमिता ढकाललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>