चितवन विशेष

भरतपुर अस्पतालका नवनियुक्त मेसु न्यौपानेले जिम्मेवारी सम्हाले

Banner

चितवन, जेठ १३–

भरतपुर अस्पतालका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा.रोशन न्यौपानेले जिम्मेवारी सम्हालेका छन् । उनी आज (बिहीबार) अस्पतालमा हाजिर भएर जिम्मेवारी सम्हालेका हुन् ।

मेसु न्यौपानेलाई निवर्तमान निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारीले पदबहाली गरे । नवनियुक्त मेसु न्यौपानेले भरतपुर अस्पताललाई व्यवस्थित र स्तरीय बनाउन आफू कटिबद्ध रहेको प्रतिक्रिया दिए ।

डा.न्यौपाने यसअघि भरतपुर अस्पतालमा २०६८–७० सालसम्म हाडजोर्नी विभागमा कार्यरत थिए । पछि काठमाडौँ गएका न्यौपाने अध्ययनको शिलशिलामा चीन समेत पुगेका थिए । ११ औं तहका डा.न्यौपाने पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत थिए । मन्त्रालयमा कार्यरत हुँदा नै उनी भरतपुर अस्पतालको मेसुको रुपमा नियुक्त भएका थिए ।

निवर्तमान मेसु डा.जगन्नाथ तिवारी र नवनियुक्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा.रोशन पाण्डे

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>